सुकुम्बासी बस्ती हटाउने कार्य नगर्नू : राष्ट्रिय भूमि आयोग

काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासहरूका बस्ती हटाउने तथा असुरक्षित हुने गरी कुनै पनि कार्य निर्देशन दिएको छ ।

आयोगले आज एक सूचना प्रकाशित गर्दै आयोगले तत्पश्चात् लगत सङ्कलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नाप जाँच र लालपुर्जा वितरण कार्य सम्पन्न नभएसम्मका लागि काठमाडौंमहानगरपालिकासहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैर सरकारी निकायहरूलाई सुकुम्वासी बस्ती नहटाउन भनेको छ ।

सुकुम्वासी तथा भूमिहीनको लगत सङ्कलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नाप जाँच र लालपुर्जा वितरणलगायतका कामहरू निर्वाचन आचारसंहिताको कारण स्थगित भएको भए पनि अव तत्काल सुरु गरिने पनि आयोगले जनाएको छ ।

 

शुक्रबार, १६ मंसिर, २०७९, बिहानको ०९:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर