विराटनगर । सुनसरीको ४ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले फेरि अग्रता लिएका छन् ।
कोशी गाउँपालिकाको ६ नं. वडाको मतगणनामा कार्की एमालेका उम्मेदवार जगदिस कुसियतभन्दा ८२ मतले पछि परेकोमा बराहक्षेत्र नगरपालिकाको १० नम्बर वडा गन्न थालेपछि कार्कीले अग्रता लिएका हुन् ।
पछिल्लो गणना अनुसार कार्कीले ३०२१४ मत प्राप्त गर्दा कुसियैतले ३०१७३ मत पाएका छन् । अब सो वडाको ५५८ मत मात्र गन्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।