लाटीझोडा साझेदारी वनमा नयाँ नेतृत्व

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं. ०६ मा रहेको लाटिझोडा साझेदारी वनको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साना किसान सहकारी संस्थाको भवनको सभाहलमा सम्पन्न साधारण सभाबाट नयाँ कार्यसमिति गठन भएको छ ।

आठौं साधारणसभाबाट साझेदारी वनको अध्यक्षमा यसोन श्रेष्ठ (मिलन) निर्वाचित भएका छन् भने उपाध्यक्ष पदमा टुनाकुमारी वि.क.( प्रमिला) निर्वाचित भइन् । कार्यसमितिको सदस्यहरुमा सन्तोष नेपाल, लालबहादुर बस्नेत, राजेन्द्र धमला, विष्णुकुमार चौधरी, रमेश खनाल, अजयकुमार सरदार, बैजु विश्वास, लक्ष्मी भट्टराई (मिश्र), सुष्मा चौधरी, नारायणी घिमिरे भण्डारी, हमोदकुमार साह, भुषण राइर्, सकुन दियाली, र मिनादेवी विश्वास रहेका छन् ।
यसैगरी साधारणसभाले छविमाया संग्रौला, मनोज दाहाल र अम्बिका दाहाललाई लेखा समितिमा निर्वाचित गरेको अध्यक्ष यसोन श्रेष्ठले जानकारी दिए ।

लाटीझोडा साझेदारी वन व्यवस्थापन समूहको अध्यक्ष रुद्र पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा बुढीगंगा गाउँपालिकाका प्रमुख जितनारायण थापाले प्रमुख अतिथिको रुपमा बोल्दै वन संरक्षण गर्दै वनस्रोतको उपयोग गर्नुपर्ने बताए । डिभिजन वन कार्यालय मोरङका अधिकृत अनिरुद्ध कुमार साह र केराबारीका प्रमुख सुमन मिरिचिङ् मगरले साझेदारी वनको महत्व र त्यसको विकासका बारेमा बोलेका थिए । उनीहरुले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई साझेदारी वनको भावना अनुसार वनको संरक्षण, विस्तार, विकास र वन स्रोतको समुचित प्रयोग गर्ने कार्यमा योगदान गर्ने विश्वास गर्दै शुभकामना व्यक्त गरेका थिए ।

बुधबार, १४ मंसिर, २०७९, बिहानको ०८:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर