‘धर्म संस्कृतिको रक्षाको सवालमा कुनै सम्झौता गर्दिनँ’ : कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले धर्म संस्कृतिको रक्षा गर्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने बताएका छन् ।

विराटनगरस्थित लक्ष्मीनारायण मन्दिरमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले राज्यले गुरुकुल शिक्षाको उत्थान र विकासका लागि आवश्यक नीति बनाउनुपर्नेमा जोड दिए । कोइरालाले भाषा, धर्म, कला र संस्कृति सभ्यताको प्रतीक र राष्ट्रका धरोहर भएको बताए । ‘राष्ट्रका यी धरोहरको संरक्षण तथा सम्बद्र्धन गर्नु राज्यको दायित्व हो,’ कोइरालाले भने, ‘धर्म र संस्कृतिको संरक्षणमा म संसदमा खरो रुपमा उत्रिनेछु ।’

उनले सुशासन कायम नभएसम्म मुलुकको विकास नहुने बताए । कार्यक्रममा नवनिर्वाचित प्रदेशसभा सदस्यहरु अमृत अर्याल, केदार कार्की, भीम पराजुली, राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीलगायतको सहभागिता थियोे ।

बुधबार, १४ मंसिर, २०७९, बिहानको ०८:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर