काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह अमेरिकी फ्रिडम पार्टीसँग मिल्नु अनौठो भएको बताएका छन । उनले उक्त पाटीको आकारप्रति आश्चर्य व्यक्त गरेका छन ।
पार्टी कार्यालय च्यासलमा मंगलवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले चुनावमा रविको पार्टी बेलुनजस्तै फुलेको टिप्पणी गरेका हुन् । ‘अब संयोगै होला, अमेरिकामा फ्रिडम पार्टी छ, त्यस्को चिह्न घण्टी छ ।
फ्रिडम पार्टी अफ अमेरिकाको जस्तो दुरुस्त आकारको फोटो खिचेजस्तो घण्टी यहाँ पनि ल्याएको छ । फ्रिडम पार्टी संयोगै होला’, ओलीले भने, ‘तर अस्तिसम्म स्पाप्पै थियो, हावा नहाली ह्वाप्प त्यो बेलुक कसरी फुल्यो ?’