विराटनगर । प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेको अग्रता कायम छ । एमालेकी भगवती चौधरीले नेपाली कांग्रेसका उम्मेदवार विजय कुमार गच्छदारलाई पछि पारेकी हुन् ।
पछिल्लो मतपरिणाम अनुसार चौधरीको पक्षमा ३२ हजार ४१७ मत खसेको छ भने दोस्रो स्थानमा रहेका गच्छदारले २७ हजार ६५६ मत पाएका छन् । चौधरीसँग उनको मत अन्तर ४ हजार ७६१ रहेको छ ।
तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार कमल बाबु मैनालीले ६ हजार १५६ मत प्राप्त गरेका छन् ।