मोरङको जहदामा पत्नीले गरिन पतिको हत्या

विराटनगर । घरायसी विवादका हुदाँ मोरङको जहदामा पत्नीले पतिको हत्या गरेकी छन् ।

जहदा गाउँपालिका–१ भुटाहाकी ३५ वर्षीया दवानीदेवी सरबरियाले ४२ वर्षीया पति सन्तोष सरबरियाको हत्या गरेको प्रहरीले जनाएको छ ।
उनले दाउ प्रहार गरेर पतिको हत्या गरेकी हुन ।

पतिको घाँटी र टाउकोमा दाउले प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा संलगन दवानीदेवीलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए ।

गत शनिबार राति सवा ११ बजेतिर धारिलो हतियारले घाँटी र टाउको काटिएको अवस्थामा सन्तोषलाई फेला पारेको थियो ।

गम्भीर अवस्थामा भेटिएका उनलाई प्रहरीले उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याएको मा उपचारका क्रममा राति नै मृत्यु भएको थियो ।

पतिको हत्यामा संलग्न दवानीदेवीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन प्रहरीले सोमबार अदालतबाट म्याद थप गरेर घटना अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ ।

सोमबार, १२ मंसिर, २०७९, दिउँसोको ०३:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर