संसदीय दलको नेता बन्न छलफल गरेर अगाडि बढ्छु : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदीय दलका बारेमा साथीहरूसँग सल्लाह गरेरमात्रै अगाडी बढ्ने बताएका छन ।

मोरङ– ६ बाट प्रतिनिधि सभामा निर्वाचित भएपछि विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले चुनावी प्रक्रिया नसकिँदै दलको नेता दाबी सुहाउँदो नहुने पनि बताए

‘नतिजा आइसकेको छैन, समानुपातिकमा को हुने थाहा छैन,’ उनले भने, ‘अहिले नै दलको नेताबारे कुरा किन गर्ने?’

दलको नेतामा तपाईंको दाबी रहन्छ? भन्ने प्रश्नमा कोइरालाले भने, ‘म भर्खरै निर्वाचित भएको छु। अब केही दिन विराटनगरमै रहन्छु। त्यसपछि काठमाडौं पुगेर साथीहरूसँग सल्लाह गर्छु। सभापति, वरिष्ठ नेतासँग सल्लाह गर्छु। त्यसपछि निर्णयमा पुग्ने हो।’

महामन्त्री गगन थापाले दलको नेतामा दाबी गर्ने बताइरहेका बेला अर्का महामन्त्री विश्वप्रकाश शर्माले थापालाई समर्थन गर्ने बताइसकेका छन। यसबारे उनले बोल्ने बेलै नभएको बताए।

अहिलेको सत्ता गठबन्धन कायम रहने उल्लेख गर्दै उनले जनादेश पनि सोहीअनुसार आएको बताए। अब यहित सत्ता गठबन्धन बाटै सरकार बन्ने समेत उनको दावि रहेको छ ।

शुक्रबार, ०९ मंसिर, २०७९, दिउँसोको ०२:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर