विराटनगर । मोरङको क्षेत्र नं. ६(२) मा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री तथा नेपाली काँग्रेसका नेता केदार कार्की विजयी भएका छन् । कार्कीले १० हजार ४४८मत ल्याएर कार्की प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।
कार्कीले नेकपा एमालेका नेता पर्शुराम बस्नेतलाई १ हजार १८० मतअन्तरले पछि पार्दै प्रदेशसभामा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी बस्नेतले ९ हजार २६८ मत पाए । कार्कीले सुरूवातदेखि अग्रता कायम गरेका थिए । मोरङ क्षेत्र नं. ६ मा १२ वटा वडा पर्दछन् । यस वडामा विराटनगरको ५, ६, ७, ९, ११ र १२ नम्बर वडा पर्दछन् । विराटनगर ११ बाहेक कार्कीले सबै वडामा अग्रता कायम गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । बस्नेतले आफ्नो घर भएको वडा विराटनगर ११ नम्बर वडामा मात्र अग्रता कायम गरेका थिए ।