१२हजार भन्दावढि मतान्तरले डा. शेखर कोइराला निर्वाचित

विराटनगर । मोरङको ६ नम्बर निर्वाचन क्षेत्रको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निर्वाचित भएका छन् ।

नेकपा एमालेका उम्मेदवार तथा पूर्व मन्त्री लालबाबु पण्डितलाई पराजित गर्दै कोइराला विजयी भएका हुन् ।

कोइरालाले ३५ हजार २१३ मत पाउँदा पण्डितले २२ हजार ९२९ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले ८ हजार ५३१ मत पाएका छन् ।शेरखर र लालबाबु पण्डित बिचको मतान्तर १२हजार २८६ रहेको छ ।

शुक्रबार, ०९ मंसिर, २०७९, बिहानको ०७:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर