प्रदेश १ प्रदेशसभामा कसको पुग्ला बहुमत ? हेर्नुहोस् कसको अग्रता कहाँ ?

विराटनगर । निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै जाँदा प्रदेश १ मा कसको सरकार बन्ला भन्ने चासो बढेको छ । यद्यपि अझै १२ वटा निर्वाचन क्षेत्रको प्रारम्भीक मत परिणाम आउनै सकेको छैन ।

५६ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये अहिले ४४ वटाको मतगणना भइरहेको छ । अहिलेसम्म ११ वटाको परीणाम आइसकेको छ । जसमध्ये काँग्रेस ५, एमाले ३, माओवादी केन्द्र २ र राप्रपा १ स्थानमा विजयी भएको छ ।

एमालेले १५ वटामा अग्रता कायम राखेको छ । यस्तै काँग्रेसले ८, माओवादी केन्द्रले ६, नेकपा एसले ३ र राप्रपाले १ स्थानमा अग्रता कायम राखेका छन् ।

यता, समानुपातिक मतमा पनि एमालेले अग्रता कायम गरेको छ । प्रदेशसभाको समानुपातिकतर्फ २ लाख १६ हजार मत गणना हुँदा एमालेले ६८ हजार ५८५ मत ल्याएको छ । यस्तै नेपाली काँग्रेसले ६१ हजार ५२०, माओवादी केन्द्रले २५ हजार ६११, राप्रपाले २२ हजार १७९, जसपाले ९ हजार ४२४ र अन्यले २८ हजार ९७५ मत ल्याएका छन् ।

नेकपा एमालेले अग्रता लिएका क्षेत्रहरू

१) खोटाङ (१) पाँचकर्ण राई
२) सोलुखुम्बु (२) बुद्धिकुमार राजभण्डारी
३) सुनसरी १ (१) रमेशकुमार बस्नेत
४) सुनसरी २ (१) रेवती रमण भण्डारी
५) इलाम २ (२) रामबहादुर मगर
६) मोरङ १ (१) उमाकान्त गौतम
७) मोरङ २ (२) लिलाबल्लभ अधिकारी
८) मोरङ ३ (२) ज्ञानेन्द्र सुवेदी
९) मोरङ ४ (१) जयप्रकाश चौधरी (विजयी)
१०) धनकुटा १ निरन राई
११) धनकुटा २ इन्द्रमणि पराजुली
१२) तेह्रथुम १ किशोरचन्द्र दुलाल
१३) झापा २ (१) एकराज कार्की (विजयी)
१४) झापा २ (२) तिलचन पाठक (विजयी)
१५) झापा ३ (२) छविलाल चुडाल
१६) झापा ४ (१) राधाकृष्ण खनाल
१७) झापा ५ (१) हिक्मतकुमार कार्की
१८) झापा ५ (२) होमबहादुर थापा

नेपाली काँग्रेसले अग्रता लिएका क्षेत्रहरू

१) इलाम १ (२) शम्शेर राई
२) झापा १ (१) गोपाल तामाङ (विजयी)
३) झापा ३ (१) भूमिप्रसाद राजवंशी (विजयी)
४) भोजपुर २ विनोद राई
५) मोरङ ३ (१) मानबहादुर लिम्बू
६) मोरङ ५ (१) गयानन्द मण्डल गनगाईं (विजयी)
७) मोरङ ५ (२) अमृत कुमार अर्याल
८) सुनसरी ४ (१) सदानन्द मण्डल
९) खोटाङ २ भुपेन्द्र राई
१०) ओखलढुंगा १ प्रदिपकुमार सुनुवार (विजयी)
११) उदयपुर १ (२) हिमाल कार्की
१२) उदयपुर २ (२) रामकुमार खत्री (विजयी)

१३) सुनसरी ४ (२) अब्बास अन्सारी

नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएका क्षेत्रहरु

१) पाँचथर २ इन्द्रबहादुर आङ्बो
२) संखुवासभा १ राजेन्द्र कार्की
३) तेह्रथुम २ दुर्गा प्रसाद चापागाईं
४) मोरङ २ (१) गणेशप्रसाद उप्रेती
५) मोरङ ६ (१) जीवन आचार्य
६) सोलुखुम्बु १ गोम्बु शेर्पा
७) ओखलढुंगा २ बाबुराम गौतम (विजयी)
८) उदयपुर २ (१) नारायण बहादुर मगर (विजयी)

नेकपा एसले अग्रता लिएका क्षेत्रहरु

१) पाँचथर १ कमल प्रसाद जबेगु
२) इलाम १ (१) खिनु लङ्वा (लिम्बू)
३) भोजपुर १ राजेन्द्रकुमार राई

राप्रपाले अग्रता लिएको क्षेत्रहरू

१) झापा १ (२) सविना बजगाईं (विजयी)
२) सुनसरी ३ (१) खड्गकुमार श्रेष्ठ

बुधबार, ०७ मंसिर, २०७९, साँझको ०६:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर