विराटनगर। उदयपुर २ को प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट नेपाली काँग्रेसका रामकुमार खत्री निर्वाचित भएका छन्। उनले १२ हजार ६२७ मत प्राप्त गरी विजयी भएका हुन्।
खत्रीले नेकपा एमालेका उम्मेद्वार जीवनाथ दाहाललाई ३३९१ मतान्तरले पराजित गरेका छन् । दाहालले ९ हजार २३६ मत प्राप्त गरेका छन्।
उदयपुर २ का प्रदेशसभाका दुवै सिटमा सत्ता गठबन्धनका उम्मेद्वार विजयी बन्दा प्रतिनिधिसभामा भने गठबन्धनका उम्मेद्वार एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले पराजय ब्यहोरेका छन्। उनलाई एमालेका अम्बरबहादुर माझीले पराजित गरेका थिए।
प्रदेशसभा १ मा माओवादी केन्द्रका नारायण बुर्जा मगर निर्वाचित भइसकेका छन् ।