खोटाङको प्रतिनिधिसभामा प्रदेशका खानेपानीमन्त्रीको अग्रता

विराटनगर । प्रतिनिधिसभाको जारी मतगणनामा खोटाङमा नेकपा माओवादी केन्द्रका नेता रामकुमार राईले लगातार अग्रता लिइरहेका छन् ।

नेकपा एमाले नेता विशाल भट्टराईलाई ७१८ मतले पछि पार्दै राईले अग्रता लिएका हुन् ।

राईले ४२९४ मत पाउँदा भट्टराईले ३५७६ मत ल्याएका छन् । माओवादी नेता राई प्रदेश १ का खानेपानी तथा सिँचाई मन्त्री हुन् । भट्टराई २०७४ मा जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

मङ्गलबार, ०६ मंसिर, २०७९, दिउँसोको ०४:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर