विराटनगर । सुनसरी क्षेत्र नं. ३ मा नेकपा एमालेकी भगवती चौधरीले सुरूवाती अग्रता लिएकी छन् ।
चौधरीले १३१८ मत प्राप्त गर्दा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कमल मैनालीले पछ्याइरहेका छद्धन् । मैनालीले ११२६ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार विजय गच्छदारले ८५७ मत प्राप्त गरेका छन् । अहिले इटहरी उपमहानगरपालिका क्षेत्रबाट मतगणना भइरहेको छ ।