विराटनगर । मोरङ प्रतिनिधि र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रूपमा भएको छ ।
मोरङको बुढीगंगा गाउँपालिका १ मा भएको शंकास्पदक वस्तुको विस्फोटन बाहेक शान्तिपूर्ण रूपमा मतदान सकिने क्रममा छ। साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएको भए पनि मतदान केन्द्रमा लाइन बसेका मतदाताले पछिसम्म पनि मत हालेका छन्। विविध कारणले केही समय अवरोध भएका मतदान केन्द्रमा अहिले पनि मतदान चलिरहेको छ। मतदान सकिएका ठाउँबाट भने अहिले मतपेटिका सङ्कलनको काम भइरहेको छ। मोरङमा प्रतिनिधि सभाको निर्वाचन क्षेत्र ६ र प्रदेश सभाको १२ वटा निर्वाचन क्षत्रे रहेको छ ।
मोरङको निर्वाचन क्षेत्र नं. ४, ५ र ६ को विराटनगरस्थित आदर्श माविमा गणना हुने मुख्य निर्वाचन अधिकृत दुर्गा प्रसाद ढुङ्गेलले जानकारी दिए । मोरङ क्षेत्र नं. १ को उर्लाबारी नगरपालिका, क्षेत्र नं. २ को रतुवामाइ नगरपालिकामा रहेको विश्वनाथ मन्दिर र क्षेत्र नं. ३ को बेलबारी नगरपालिका ३ मा रहेको भगवती माविमा गणना हुने भएको निर्वाचन अधिकृत ढुङ्गेलले जानकारी दिए । प्रत्येक निर्वाचन क्षेत्रमा प्रारम्भिक चरणमा तीन वटा कोठाबाट मतगणना स्थल बनाइएको उनले बताए ।