विराटनगर । मोरङमा अहिलेसम्म ६० प्रतिशत बढी मतदान भएको छ ।
प्रदेश १ निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीले दिएको जानकारी अनुसार जिल्लाभर ४ः२० सम्ममा ६० प्रतिशत मतदान भइसकेको
हो । ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गर्नेले मतदानमा सहभागी हुने पाउनेछन् ।
मोरङमा ६ प्रतिनिधिसभा र १२ प्रदेशसभाका लागि ३०६ मतदान केन्द्रमा ८३९ मतदान स्थल छन् । जसमा १०८ प्रतिनिधिसभाका उम्मेद्वार छन् भने प्रदेशसभामा ११० जना उम्मेद्वार छन् ।
मोरङमा ७ लाख ३५ हजार ५२५ जना मतदाता रहेका छन् ।