विराटनगर । नुवाकोटको दुप्चेश्वरमा आमाछोरीको विभत्स हत्या भएको छ । दुप्चेश्वर–५ स्थित बालकुमारी भगेरीमा सोमबार २१ वर्षीया सम्झना खतिवडा र उनकी ४ वर्षीया छोरी कृष्टिनाको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले दुवै जनाको खुकुरी प्रहारबाट हत्या भएको जानकारी दिएको छ । आक्रमणकारीको पहिचान खुलिनसकेको र घटनास्थलमा टोली पुगेर अनुसन्धान थालिएको नुवाकोट प्रहरीले जनाएको छ ।