प्रतिष्पर्धारहित ढंगबाट अघि बढेको छु : घिमिरे

जीवन घिमिरे । २०३६ सालमा झापा शिवगञ्जको जनआदर्श माविको स्ववियु सभापतिबाट उनको राजनीतिकयात्रा शुरु भयो । २०३५ सालमा पार्टीमा आबद्ध भएदेखि अनवरतरुपमा राजनीतिमा रहेका घिमिरे अहिले एमाले केन्द्रीय सदस्य तथा प्रदेश १ को सहइञ्चार्जको भूमिकामा छन् ।

घिमिरे २०७४ को प्रदेशसभा निर्वाचनमा मोरङ ४ (ख) बाट निर्वाचित भए । २०७४ फागुनमा शेरधन राई नेतृत्वको पहिलो प्रदेश सरकारको सामाजिक विकासमन्त्री समेत रहेका घिमिरेले प्रदेश सरकारमा रहँदा ३ वर्ष समग्र प्रदेशको विकासमा आफ्नो ध्यान केन्द्रीत गरे । घिमिरे आगामी मंसिर ४ गते हुने निर्वाचनमा मोरङ ४ (ख) मा नेकपा एमालेबाट उम्मेदवार छन् । उनीसँग गरिएको कुराकानीको सारसंक्षेप :

चुनावी अभियान कसरी चलिरहेको छ ?
घरदैलो र भेटघाट कार्यक्रम करिव ९५ प्रतिशत सकिएको छ । मनोनयन दर्तापछि नै मतदाता भेट्ने, घरदैलो गर्ने काम निरन्तर रह्यो । निर्वाचन आयोगको आचारसंहिताअनुसार कात्तिक १७ देखि टोल सभा र कोणसभाहरु भईरहेका छन् । निर्वाचन क्षेत्र अन्र्तगतका विराटनगर १, २, ३, ८, १०, कटहरी १, २ र ३ मा घरदैलो, मतदाता भेट, कोणसभा, टोलसभालगायत काकामहरु भइरहेका छन् ।

तपाईका विरुद्ध गठबन्धन उम्मेदवार छन् ? मतदाताकहाँ पुग्दा कस्तो महसुस भईरहेको छ ?
मेरो क्षेत्रमा गठबन्धन हुनु र नहुनुको तात्विक अर्थ छैन । यसलाई गत वैशाखमा सम्पन्न स्थानीय तहको मतपरिणामले पनि देखाएको छ । २०७४ को प्रदेशसभा निर्वाचनमाम उम्मेदवार हुँदैगर्दा एमालेले मोरङ ४ (ख) को निर्वाचन क्षेत्रमा एउटा वडा जितेको थियो । अहिले एउटा वडाका ५ जना सदस्यबाहेक सबै वडाहरु एमालेले जितेको छ । यो जित गठबन्धनका बाबजुतको जित हो । अघिल्लो निर्वाचनमा प्रतिकुल अवस्थामा मैले भारी मतान्तरमा जितेको निर्वाचन क्षेत्र हो । यसले पनि मेरो जितको आधार देखाईरहेको छ । मतदाताका घर–घरमा पुग्दा छुट्टै उत्साह छ । सबैले मायाँ गर्नुभएको छ । तपाई काम गर्ने नेता हो भन्नुहुन्छ । अवसर पाउँदा कसरी काम गर्न सकिन्छ भन्नेकुरा तपाईबाट देखिएको छ भन्नुहुन्छ । पहिलेको निर्वाचनमा भन्दा यसपटक उत्साहित छु ।

एमाले विरुद्ध तपाइँको क्षेत्रमा गठबन्धन छ नी ?
मेरो क्षेत्रमा गठबन्धनलाई स्थानीय तह निर्वाचनमा पराजित गरिसकेको अवस्था छ । त्यसैले गठबन्धन सुन्नमा प्रिय लाग्ला । तर, निर्वाचन क्षेत्रमा गठबन्धन छैन । त्यस्तो मैले देखेको छैन ।

तपाईका मुख्य एजेण्डाहरु के–के हुन् ?
हामीले हिजो सरकारमा छँदा प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकारको लागत साँझेदारीमा विराटनगर विमानस्थललाई अन्र्तराष्ट्रिय स्तरको बनाउने भनेर तीनै पक्षवीच साझा सम्झौता भएको छ । जग्गा अधिग्रहणको प्रक्रिया शुरु भएर बजेटसमेत विनियोजन भएको अवस्थामा आज त्यो काम बदर भएको छ । बजेट फिर्ता गएको छ । संघीय सरकारले सम्झौता तोडेको अवस्था छ । यो विराटनगरवासी र प्रदेशबासीका लागि पीडादायी घटना हो । हामी भोलि सरकारमा गएपछि हिजो भएको सम्झौताअनुसारको काम अघि बढाउने छौं ।
दोश्रो कुरा विराटनगर आज हरेक सूचकबाट हेर्दा छैठौं नम्वरमा छ । काठमाडौंपछिको दोश्रो ठुलो शहरका रुपमा चिनिदै आएको आज किन छैठौं भयो, कस्ले पु¥यायो ? यसको पहिचान गरेर यसको निदान गरि विराटनगरको हैसियत अभिबृद्धि गरिनेछ । विराटनगरसँग जोडिएका दुईवटा खोलाहरु छन् । दुईवटै नदी अहिले डम्पिङ साईड भएका छन् । फोहोर फ्याँक्ने केन्द्र बनेका थिए । म सरकारमा भएको समयमा त्यहाँ फोहोर फाल्नु हुँदैन । यसको रक्षा गर्नुपर्छ भनेर अभियान चलाए । पुस–माघको जाडोमा समेत दैनिक २÷३ हजारको सहभागिता भयो । जनतामा खोलामा लगेर फोहोर फाल्नु नहुने रहेछ भन्ने चेतना जगाउन सफल भएको छु । यी खोलाहरुको सौन्दर्यकरण गर्ने मेरो सपना छ । म यी दुई खोलालाई विराटनगरको डम्पिङ साईड हैन, विराटनगरको गन्तव्य स्थल बनाउने मेरो लक्ष्य छ । विराटनगरमा १४ वर्षदेखि बेबारिसे अवस्थामा रहेको चक्रपथको कामहामी सरकारमा हुँदा अघि बढेको थियो । तर, ठूलो स्केलको काम भएकाले यो पुरा हुन सकेको छैन । यो काम हामी पुरा गर्ने छौं । विराटनगर–कटहरी–बथनाह रेल्वे लामो समयदेखि बेवारिसे अवस्था छ । हामीले नै नेपाल सरकार, भारत सरकार, सरोकारवालाहरुसँग पहल गर्नाले रेल्वे सेवा अब बथनाहबाट भेडियारीसम्म एक–दुई महिनामा रेल आउने अवस्था छ । त्यसको बाँकी खण्ड कटहरीसम्मको काम पुरा गरि रेल सञ्चालन गरिने छ ।
समग्र १ नं. प्रदेशको समृद्धि र विकास हाम्रो उद्देश्य हुनेछ । समृद्धिका आधारहरु हामीले पहिचान गरेका छौं । शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, जलश्रोत, कृषि जस्ता विषयहरु हाम्रो प्राथमिकतामा पर्छन् । यसको संरक्षण, सम्बद्र्धन, उपभोग कसरी गर्ने भनेर हामीले योजना बनाएका छौं ।

तपाईका मुख्य चुनौति के छन् ?
मैले त खास चुनौति देखेको छैन । प्रतिष्पर्धारहित ढंगबाट अघि बढेको छु । पहिलोकुरा त मेरो पार्टीको संगठनात्मक सञ्जाल छ । यस्तो सञ्जाल अरु कसैसँग छैन । टोल तहसम्म हाम्रो संगठनात्मक सञ्जाल छ । पार्टीभित्र एकता छ । पार्टी गतिशिल छ । दोेश्रो कुरा यो निर्वाचन क्षेत्रमा मात्रै हैन १ नं. प्रदेशमै म सरकारमा हुँदा धेरै उल्लेखनीय कामहरु भएका छन् । त्यसै क्रममा यो निर्वाचन क्षेत्रमा दर्जनौं कामहरु भएका छन् । म जुनसुकै टोल बस्तीमा गएर पनि मैले यो गरेँ भनेर छाती पिटेर भन्नसक्छु । मेरो कामले जनताको मन जितेको छ । जुन हैसियत अरु कसैले बनाउन सकेका छैनन् ।

तपाईसँगको मुख्य प्रतिष्पर्धी विराटनगरका परिचित व्यक्ति हुनुहुन्छ । उहाँले पनि एक कार्यकाल महानगरको नेतृत्वगर्नु भएको छ । उहाँका कामले पनि असर गर्ला नि ?
उहाँका कामले मलाई असर नगर्ला । हामी दुई उम्मेदवारको राजनीतिक जीवनको पनि जनताले अध्ययन गर्नु भएको छ । हामी दुबै उम्मेदवारले जनप्रतिनिधीको जिम्मेवारी पुरा गरिसकेको हुनाले परिचयको पनि अभाव छैन । दुबै उम्मेदवार के हुन्, कस्ता हुन् ? कसले कति गर्नसक्छ, सक्दैन भन्ने कुरा जनसमक्ष प्रष्ट छ । जनप्रतिनिधि भएर मात्रै पनि भएन । जिम्मेवारीमा बस्नु, ओहोदामा पुग्नु मात्रैलाई काम गरेको भन्न मिल्दैन । जनताको पक्षमा काम गरेर जनविश्वास आर्जन गरेको हुनुप¥यो ।

चुनाब जितेमा तपाई मुख्यमन्त्रीको आकांक्षी पनि हो ?
यतिबेला मुख्यमन्त्री को हुने भनेर बहस गरिहाल्ने समय हो जस्तो मलाई लाग्दैन । अहिले चुनावी अभियानमा छु । त्यसपछि मुख्यमन्त्री बन्नका लागि चाहिने आवश्यक संख्या पनि हामीले पु¥याउनु प¥यो । म पार्टीको प्रदेशको सहइञ्चार्ज पनि हो । मेरो निर्वाचन क्षेत्र मात्रै हैन ५६ वटै निर्वाचन क्षेत्रमा मेरो ध्यान बहुमत कसरी ल्याउन सकिन्छ भनेर छ । जब निर्वाचनको परिणाम आउँछ त्यसपछि मात्रै यस विषयमा प्रवेश गर्छौ ।

सोमबार, २८ कार्तिक, २०७९, बिहानको १०:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर