चर्काे बैंक ब्याज नियन्त्रणको माग

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ समितिले आइतबार बैंक ब्याजविरुद्ध नेपाल राष्ट्रबैंक प्रादेशिक कार्यालय विराटनगरका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ ।
महासंघ प्रदेश १ को अगुवाईमा महासंघसँग सम्वद्ध जिल्ला÷नगर उद्योग संघको उपस्थितिमा चर्काे ब्याज नियन्त्रण गर्नुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाइएको हो ।

महासंघका प्रदेश १ अध्यक्ष टिकाराज ढकालले नेपाल राष्ट्र बैंक विराटनगरका प्रमुख मिना पाण्डेलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउन अन्य जिल्लाका जिल्ला÷नगर संघको समेत सहभागिता रहेको थियो ।
ज्ञापनपत्रमा नेपाल राष्ट्रबैंकले कात्तिक १ गतेदेखि लागु हुरी गरी जारी गरेको चालु पुँजी कर्जा मार्गनिर्देशक तत्काललाई स्थगन गर्नुपर्ने उल्लेख छ । महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकालले बैंकमा स्पेड दरलाई ४.४ प्रतिशतभन्दा कम राख्नुपर्ने माग गरे ।

ज्ञापनपत्रमा बैंकिङ क्षेत्रको नाफा विस्तार भएपनि निक्षेपको ब्याजदरका आधारमा कर्जाको ब्याजमा धेरै बृद्धि गरिएको उल्लेख छ । स्प्रेड रेटमा ६० आधारविन्दुको बृद्धि देखिने भएकोले बैंकिङ क्षेत्रले विद्यमान परिस्थितिलाई कर्जाको ब्याजदर बढाउने मौकाको रुपमा लिइएको उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाहरु ९० प्रतिशतको सीमाभित्र नबसेका र अतिरिक्त कर्जा लगानी गर्न सक्षम देखिएका छैनन् । बैंकिङ क्षेत्रले आफ्नो कुल निक्षेप र पुँजीको ८० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने तर हालको व्यवस्थाअनुसार निक्षेपको ९० प्रतिशतसम्म मात्र कर्जा लगानी गर्न छुट दिइएको छ ।

निर्देशनअनुसार बैंकहरु ९० प्रतिशतको सीमाभित्र नबसेको उद्योगीहरुको आरोप छ । महासंघले ९० प्रतिशतको सीमा अल्पकालका लागि भएपनि खुकुलो पारेर तरलता अभावमा कमी ल्याउन माग गरिएको छ ।

यसैगरी उत्पादनमूलक क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर कम हुनुपर्ने र कोभिड प्रभावित उद्योग व्यवसायलाई पुनःकर्जा सुविधा उपलब्ध गराउन माग गरिएको छ । यसैगरी १५० सीसीमाथिका मोटरसाइकल, तयारी मदिरा र तीनसय डलर माथिका स्मार्टफोनको आयात खुल्ला गर्नुपर्ने माग गरिएको छ ।

यसैगरी अनिवार्य नगद मौज्दात अनुपातलाई ३ बाट ४ प्रतिशत पु¥याउँदा तरलतालाई सहयोग गरेको भन्दै यसलाई पूर्ववतः अवस्थामा राखिनुपर्ने माग गरिएको छ । ज्ञापनपत्र बुझाउन महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, राजेन्द्र राउत, प्रदेश उपाध्यक्ष भीम पौडेललगायत झापा, मोरङ र सुनसरीका उद्योगी–व्यवसायीको उपस्थिति रहेको थियो ।
फोटो

सोमबार, २८ कार्तिक, २०७९, बिहानको ०९:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर