झापा । झापाको मेचीनगरमा पुलबाट खसेर एक युवाको मृत्यु भएको छ । बुद्धशान्ति–५ का ४५ वर्षीय होमबहादुर पोखरेलको मृत्यु भएको हो ।
दोकानडाँडाबाट पूर्व मेचीनगर–३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झरेर साइकलयात्री पोखरेलको गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए ।