सुरक्षा कोषको उपयोगीबारे अभिमुखीकरण

विराटनगर । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको उपयोगीताबारे मोरङ–सुनसरीका औधोगिक क्षेत्रका रोजगारदाताहरुलाई विराटनगरमा अभिमुखीकरण दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को आयोजनामा विराटनगरमा बिहीबार अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । अभिमुखीकरण कार्यक्रममा ४० जना रोजगारदाताको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्यीय डा.अविनाश बोहराले राज्यले ल्याएको कानुन पालना गरेर अगाडी बढनुपर्नेमा जोड दिए । सामाजिक सुरक्षा कोषका उपनिर्देशक एवं सहप्रवक्ता रोहित रेग्मीले सामाजिक सुरक्षा कोषको अवधारणा र ऐतिहासिक पक्षहरु, नेपालमा लागू भएका सामाजिक सुरक्षा कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षा लगायतका बिषयमा जानकारी गराए ।

नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय कार्यालयका सहायक निर्देशक हरि पौडेलले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै सामाजिक सुरक्षा कोष कार्यन्वयनको विकल्प नरहेको बताए । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेका मोरङ र सुनसरी जिल्लामा रहेका मुख्य रोजगारदाता निकायहरु, औधोगिक प्रतिष्ठानहरु बीच एकरुपता कायम गर्न अभिमुखीकरण आयोजना गरिएको जनाइएको छ ।

शुक्रबार, २५ कार्तिक, २०७९, बिहानको ०९:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर