काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई पक्राउ गर्न माग गरिएको निवेदन सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ।
रामेछापका ज्ञानेन्द्रराज आरण लगायतले दिएको निवेदन सर्वोच्च अदालतले कात्तिक २४ गते दरपीठ गरेको हो। आरण लगायत १८ जनाले रिट दिएका थिए।
‘द्वन्द्वकालका घटनालाई नियमित अदालतभन्दा पनि संक्रमणकालीन न्याय संयन्त्रले नै सम्बोधन गर्ने गरी विस्तृत शान्ति सम्झौता भएको र द्वन्द्वकालका घट्नालाई लिएर सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएको भनेर स्वयम् निवेदकले जनाएकाले’ निवेदन दर्ता नगरिएको सर्वोच्चका रजिस्ट्रार नारायणप्रसाद पन्थीले जानकारी दिए।
२०७६ माघ १ गते खुलामञ्चमा माओवादी अध्यक्ष दाहालले द्वन्द्वकालमा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मा आफूले लिने बताएका थिए।