वल्र्डलिंक मार्फत नेटटिभिमा विश्वकप हेर्न सकिने

विराटनगर । वल्र्डलिंक मार्फत नेटटिभिमा विश्वकप हेर्न सकिने भएको छ । फुटबलको महापर्व फिफा वल्र्डकप नोभेम्बर २० देखि सुरु हुँदैछ । २०१८ को विश्वकप सबै खेलकुदका रेकर्ड तोड्दै ३.६ अर्ब मानिसहरूले हेरेका थिए भने यो पटकको विश्वकप ५ अर्ब मानिसहरूले हेर्ने अपेक्षा फिफाले गरेको छ ।

नेपालमा कसरी हेर्ने विश्वकप ?

पहिलेका विश्वकपहरूमा सोनीले नेपालको लागि विश्वकपका खेलहरू प्रसारणको अख्तियारी बिक्री गर्दै आएको थियो । यो पटक कुनै पनि भारतीय टेलिभिजन सेवा प्रदायकले नेपालमा विश्वकप प्रसारण गर्ने लाइसेन्स लिएका छैनन् साथै अन्य टेलिभिजनहरूले भूगोलको आधारमा गरेर प्रसारण गर्नेछन् । यस पटक मिडिया हवले विश्वकप प्रसारण गर्ने अख्तियारी खरिद गरेको छ र नेटटिभिले मिडिया हब सँग सहकार्य गरेर वल्र्डलिंकको इन्टरनेट मार्फत हिमालय टिभी द्वारा विश्वकपको प्रत्यक्ष प्रसारण गर्ने जनाइएको छ ।

अप्टिकल फाइबर मार्फत डाटाहरू ट्रान्स्फर हुने हुँदा अन्य परम्परागत टेलिभिजन सेवा प्रदायकको भन्दा वल्र्डलिंक मार्फत प्रसारण भएका टेलिभिजनहरूमा मौसम खराब हुँदा अवरोध नआउने प्रत्यक्ष प्रसारणको वास्तविक समय र टेलिभिजनमा देखाइने समयमा अन्तर नहुने जानकारी वल्र्डलिंकले दिएको छ ।

मङ्गलबार, २२ कार्तिक, २०७९, दिउँसोको ०४:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर