निर्वाचनको झल्को दिने नमुना मतदान

संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदवारिमा सोमबार नमुना मतदान गरिएको छ । आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरी जिल्लाका विभिन्न पालिकाका केन्द्रमा नमुना मतदान सम्पन्न गरिएको छ ।

बदर मत कम गर्ने लक्ष्य र मतदातालाई सहजताका लागि सोमबार मङ्सिर ४ गते हुने आसन्न निर्वाचनको तयारी स्वरूप नमुना मतदान गरिएको हो । नमुना मतदान भए पनि साँच्चै मतदानको झल्को दिइने गरी मतदान भएको थियो । धेरै मतदाताले मतदान गर्दा मत बदर गर्ने सम्भावनालाई कम गर्न नमुना मतदान कार्य गरिएको जिल्ला निर्वाचन कार्यालय संखुवासभाले जनाएको छ । खाँदवारिको टुँडिखेल नमुना मतदान केन्द्र स्थान नमुना मतदान गर्दा त्यहाँका अधिकांश मतदाताहरूले सहज रूपमा मतदान गरेको जिल्ला निर्वाचन कार्यालयको निमित्त प्रमुख रामेश्वर निरौलाले बताए । बदर मत कम गर्ने लक्ष्य र मतदातालाई सहजताका लागि नमुना मतदान कार्य गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम समेत प्रदान गरिएको थियो । सो क्रममा मतदान कसरी गर्ने, मत बदर हुन नदिन के गर्ने भन्नेबारेमा जानकारी गराइएको थियो । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, मतदाता, मतदान केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षा निकायका प्रतिनिधि लगायतको उपस्थिति थियो । उनीहरूसँगै स्थानीय नागरिकहरूलाई पनि सहभागी गराइएको थियो ।

नमुना मतदानमा खेसेको ७४ मत खसेको थियो । प्रदेश तथा प्रतिनिधिसभा सदस्यका २९ जना उम्मेदवार चुनावी मैदान छन् । जिल्लामा १ लाख १७ हजार ५ सय ५४ मतदाता रहेका छन् । जिल्लामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेका छन् ।

सोमबार, २१ कार्तिक, २०७९, साँझको ०५:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर