लिटल कोशीका प्रतियोगीले देखाए प्रतिभा

विराटनगर । पाँचौँ संस्करणको मिस्टर एन्ड मिस लिटल कोशीको फाइनलमा पुगेका ४३ जना प्रतियोगीहरूले प्रतिभा प्रस्तुत गरेका छन् ।
विराटनगरमा शनिवार आयोजना गरिएको ट्यालेन्ट सो मा उनीहरूले आ–आफ्नो रोजाइ अनुसारको प्रतिभा प्रस्तुत गरेका हुन् ।
उनीहरूले नृत्य, गायन, चित्रकला, नाटक गायन का विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए ।जय मिडिया म्यानेजमेन्ट प्रालिले बालबालिकाहरूमा भएको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले प्रत्येक वर्ष मिस्टर एन्ड मिस लिटल कोश प्रतियोगिता गर्दै आएको छ ।
ट्यालेन्ट सो को निर्णायकहरूमा गायक तथा संगीत प्रशिक्षक बिश्वजीत चक्रवती, मिस कोशी २०२१ को फस्टरनरअप तथा मिस टेलेन्ट आयुषा आचार्य, जय मिडिया म्यानेजमेन्टका चेयरम्यान तथा कलाकार जय राज राय रहेका थिए ।

प्रतियोगिताको फाइनलमा खोटाङकी रित्ता परियार, रंगेलीकी स्मारिका यादव, इटहरीकी अविज्ञा पोखरेल, मोरङको रतुवामाइकी अयुषा बस्नेत, इनरुवाकी अन्तरा सुब्बा, साक्षी यादव,अनिसा कुमारी मेहता, रिसिका रिजाल, एलिसा रौनियार पुगेका छन् । यस्तै विराटनगरकी परी नेवटीया, स्वर्निरमा भट्टराई, आयुना राई, माही भगत, आर्यता झा, अनिसा राजवंशी, प्रतीक्षा श्रेष्ठ, स्वच्छ श्रेष्ठ, आरवी खड्का, जेनी राजवंशी, प्रियका कोइराला, सायरा थापा, आर्यन साह, केशव झा, रोहित कुमार साह, आदर्श रौनियार, आरोन राजश्रेष्ठ, आरुष दाहाल, समरुद्ध यादव, प्रसून तामाङ, विवेक नेवटीया, मारुती कुमार मण्डल, अभियान श्रेष्ठ, परिष्कृत आचार्य फाइनलमा पुगेका छन् ।

यसैगरी पथरीका सार्थक भट्टराई, राजविराजका आरज्ञा मण्डल, भोजपुरबाट कटरीना सुबेदी, सुवासना श्रेष्ठ, कटहरिकी हिमानी राजवंशी, उदयपुरका आलिया शाही ठकुरी, सोलुखुम्बुबाट रिहाना राउत, बुढीगंगा मेघा कुमारी शर्मा, जहदाबाट श्रेया राजवंशी र झोराहाटकी स्नेहा साह फाइनलमा पुगेका छन् ।
प्रतियोगिताको फाइनल कार्तिक २६ गते विराटनगरमा हुनेछ ।

आइतबार, २० कार्तिक, २०७९, साँझको ०६:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर