विराटनगर । विराटनगरमा ६ वर्षीय नाबालिगलाई बलत्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
विराटनगर १२ का ३८ वर्षीय सजन कामत बालिका बलत्कार गरेको आरोपमा पक्राउ परेका हुन् । पक्राउ परेका कामत इलेक्ट्रिसियन मिस्त्री हुन् ।
कामतले घरमा कोही नभएको मौका छोपी ६ वर्षीय बालिकालाई भाइटिकाको भोलीपल्ट कार्तिक ११ गते दिउँसो बलत्कार गरेको पीडितले मोरङ प्रहरीमा दिएको जाहेरीमा उल्लेखछ । पीडित बालिकाको बावु ज्याला मजदुरी काम गर्दछन् । आमा नभएकोले उनी घरमा बहिनीसँग बस्दै आएकी थिइन् । बलत्कार आरोपमा पक्राउ परेका कामत अबिवाहित हुन् ।
‘घरको विद्युतमा समस्या आएपछि पीडित बालिकाको बावुले कामतलाई घरमा बोलाएर उनी काममा गएका थिए । विद्युतमा आएको समस्याको हल गरेपछि घरमा एक्लै बसेकी नाबालिकमाथि जवरजस्ती करणाी गरे,’ पीडित बालिकाका आफन्तले दिएको जाहेरीमा उल्लेखछ ।’
पीडित बालिकाले कामतले बलत्कार गरेको छिमेकी आन्टीलाई सुनाएकी थिइन् । ती आन्टिले आफ्नो श्रीमानलाई घटनाको विषय जानकारी गराएपछि बलत्कारको घटना विराटनगर १२ मा रहेको प्रहरी चौकी बखरीमा पुगेको थियो ।
पीडित बालिकाका बावुले मोरङ प्रहरीमा १४ कार्तिकमा कामत विरूद्ध ‘जवरजस्ती करणी मुद्दा’ मा जाहेरी दिएपछि पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । ‘पीडितका बावुले जाहेरी दिएपछि पक्राउ गरि अहिले अनुसन्धान सुरू गरिएको छ,’ उनले भने, ‘घटनामा संलग्नलाई पक्राउ गरी अहिले अनुसन्धान भइरहेको छ ।’
प्रहरीले बुधबार कामतलाई मोरङ अदादतमा जवरजस्ती करणाी मुद्दामा चार दिनको म्याद थप गरी अनुसन्धान सुरू गरेको छ । पीडित बालिकाको बुधबार विराटनगरस्थित कोशी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।