नेकपा माओवादी केन्द्रको घोषणा पत्र

संघमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेशमा प्रदेश प्रमुख

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेण्डालाई प्राथमिक्ता दिएको छ ।

आज सार्वजनिक गरीएको घोषणा पत्र मा संघमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेशमा प्रत्यक्ष निर्वाचित प्रदेश प्रमुख हुनु पर्ने उल्लेख गरीएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमवार निर्वाचन घोषणा पत्र सार्वजनिक गर्दै स्थिरता, शान्ति र समृद्धिका लागि शासकीय स्वरुप परिवर्तन गर्नुपर्ने बताए ।

प्रतिबद्धता–पत्रमा भनिएको छ, ‘संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रीमण्डल रहने व्यवस्था गरिने छ । संसद् मूलतः विधायन क्षेत्रमा केन्द्रित हुने व्यवस्था गरिने छ ।’

प्रदेशमा पनि संघमा जस्तै प्रत्यक्ष निर्वाचित प्रदेश प्रमुख र प्रदेश प्रमुखद्वारा गठित मन्त्रीमण्डल रहने र विधायन क्षेत्रमा मात्र केन्द्रित हुने प्रदेश सभाको गठन गरिने योजनासहितको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । त्यसैगरी, शुसाशन अभिवृद्धिका लागि उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गर्ने माओवादी केन्द्रले घोषणा पत्रमा उल्लेख गरेको छ ।

सोमबार, १४ कार्तिक, २०७९, दिउँसोको ०४:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर