काठमाडौं । नवलपुर क्षेत्र नम्बर–१ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका नेता शंशाक कोइराला चुनावी कार्यक्रममा सहभागी हुँदै गर्दा बेहोस भएका छन् ।
उनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा शशांकको उपचार भइरहेको छ ।
कोइराला नवलपुरको अमरापुरीमा आयोजित चुनावी कार्यक्रममा सहभागी हुन पुगेका थिए । मंसिर ४ को चुनावका लागि कोइराला नवलपुर क्षेत्र नम्बर–१ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् ।
अस्पतालमा एमआरई र सीटी स्क्यान गरिएको तर, कुनै समस्या नदेखिएको उनि निकट स्रोतले जनाएको छ ।