विराटनगर । पोखरामा रहेका विभिन्न देशका नागरिकहरुले भाइटिका लगाएका छन ।
होटल संघ पोखराले तिहारका अवसरमा आयोजना गरेको १५ औं भाइटीका महोत्सव २०७९ ले उनीहरुलाई त्यो अवसर जुराइदिएको हो।
लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा आयोजित महोत्सवमा सहभागी पर्यटकहरु निधारमा टीका र सेलरोटी कोसेली पाउँदा मख्ख देखिन्थे।
संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यमा महोत्सव सफल भएको आयोजक संस्था होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए।
कोभिडकै कारण अघिल्ला दुई वर्ष यस्तो महोत्सव हुन सकेको थिएन।
तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै यसैका माध्यबाट पर्यटक आकर्षित गर्ने अभिप्राय लिएको यसप्रकारको महोत्सव पोखराका लागि अर्को पर्यटकीय प्रडक्ट बन्दै गएको संघले जनाएको छ।