उदयपुर । उदयपुरमा भिरबाट मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको छ।
कटहरी नगरपालिका ११ हर्देनी स्थित सिद्धिचरण सडक खण्डमा कटारीबाट हर्देनीतर्फ जाँदै गरेको लु ८८ प १८५६ नम्बरको मोटरसाइकल मंगलबार साँझ भीरबाट ५ सय मिटर तल खसेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
भीरबाट मोटरसाइकल खस्दा मोटरसाइकल चालक २४ वर्षका यम्बरबहादुर श्रेष्ठ ५ सय मिटर तल मृत अवस्थामा भीरमा अड्किएको अवस्थामा फेला परेका थिए।
मोटरसाइकलको पछाडि बसेका २१ वर्षीया इन्दिरा कार्की सडकबाट ५ मिटर तल रुखमा अल्झिई गम्भीर घाइते भएकी थिइन । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ