एमाले जहदाका उपाध्यक्ष मण्डलसहित तीन दर्जन माओवादीमा प्रवेश

विराटनगर । नेकपा एमाले जहदा गाउँपालिकाका उपाध्यक्ष मटरलाल मण्डलसहित एमालेका तीन दर्जन नेता तथा कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

जहदामा सोमबार एक कार्यक्रम आयोजना गरी उपाध्यक्ष मण्डलसहितका एमालेका नेता तथा कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

मण्डलको नेतृत्वमा एमाले जहदा गाउँपालिका ७ वडाका वडाध्यक्ष सतीलाल ऋषिदेव, गोपी मण्डल, जयराम पौड्याल, लाखे मण्डल, उपेन्द्र मण्डल, मुरली मण्डल, शम्भु मण्डल, सन्तोष मण्डल, भविस मण्डल, रजान्द मण्डललगायतका कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । यस्तै जनता समाजवादी पार्टीका नेता अभिनन्द मुर्मी पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादीमा प्रवेश गरेका नेता तथा कार्यकलाहरूलाई माओवादी केन्द्रका केन्द्रीय सदस्यीय तथा मोरङ क्षेत्र नं. ५ प्रतिनिधि सभाका उम्मेदवार शिवकुमार मण्डल र माओवादी केन्द्रका युवा नेता तथा क्षेत्र नं. ५ का संयोजक देवा यादवले अबिर र माला लगाएर पार्टी प्रवेश गराएका थिए ।

सोमबार, ०७ कार्तिक, २०७९, साँझको ०७:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर