गठबन्धनका विषयमा पार्टीभित्र विवाद छैन देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका विषयमा पार्टीभित्र विवाद नरहेको बताएका छन ।

विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीमा सबैजना मिलेको समेत बताए। ‘पार्टीभित्र हामी सबै मिलेका छौँ। गठबन्धनमा पनि मिलेका छौँ। विवादको कुनै कारणननै छैन,’देउवाले भने।

देउवा अघि सम्बोधन गरेका नेता डा. शेखर कोइरालाले पनि गठबन्धन चुनावसम्मै कायमै रहने बताए। संविधान जोगाउन गठबन्धन बनेको भन्दै उनले भने, ‘संविभान जोगाउन र असल शासनका निम्ति गठबन्धन बनेको हो।’

वर्तमान प्रणाली अनुसार एकल बहुमत कसैको आउन नसक्ने र सरकार निर्माणका लागि गठबन्धन गर्नैपर्ने भएकाले पनि गठबन्धन निर्माण भएको कोइरालाको तर्क छ।

उनले संधिानको रक्षाका लागि गठबन्धन गर्नु परेको बताएका छन ।

शनिबार, ०५ कार्तिक, २०७९, दिउँसोको ०३:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर