विराटनगर म्युजिक फेस्टिबल सम्पन्न

विराटनगर । लाइभ इन्टरटेन्मेन्ट विराटनगरको आयोजनामा विराटनगर म्युजिकल फेस्टिबल सम्पन्न भएको छ ।

तिहार, छठ तथा नेपाल सम्वतको अवसर पारेर म्युजिकल फेस्टिवल आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष सन्तोष महत सेन्ट्रोले जानकारी दिए ।  । फेस्टिवलको विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका थिए ।

विराटनगरस्थित जैन भवनमा भएको कार्यक्रममा चर्चित गायिका अस्मिता अधिकारी, दार्जेलिङको मन्त्रा ब्याण्ड, विराटनगरका विभिन्न ५ वटा ब्याण्डले आ–आफ्नो प्रस्तुति दिएका थिए । सो अवसरमा स्थानीय कलाकारहरुले नृत्यसमेत प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले कला, संगीत, खेलकुद सबैको समुचित विकासले मात्रै महानगरको विकास हुने बताए । उनले भौतिक विकासले मात्रै समाजको समग्र विकास नहुने उल्लेख गरे ।

आइतबार, ३० असोज, २०७९, साँझको ०७:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर