दाङमा २ बालबालिकाको शव गाडिएको अबस्थामा फेला

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउको जंगलमा फेला परेको दुईवटा शवको पहिचान खुलेको छ ।

एउटै खाल्डोमा गाडीएको अबस्थामा तुलसीपुर १३ का १५ बर्षिया रोशनी महतारा र सोही ठाउँकै १४ बर्षिय शरद आचार्य रहेको वडा अध्यक्ष मोहन पौडेलले बताए ।

शव गाडेको अबस्थामा फेला परेको दाङ प्रहरीले बताएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए । तीन दिन देखि दुबै जना हराइ रहेका थिए ।

आइतबार, ३० असोज, २०७९, साँझको ०५:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर