विराटनगर । सिरहा गोलबजार नगरपालिका–३ का १७ वर्षे अंशु सदा अपहरणमा परेको तीन दिनपछि अपहरणकारीहरुबाट मारिए । उनको हत्यापछि पनि अपहरणकारीले अंशुको परिवारसँग फिरौती माग्न छोडेनन् । जब अंशुको परिवारले फिरौती रकम दिए तब प्रहरीले अपहरणकारीसँगै अंशुको शव नियन्त्रणमा लियो । घटनाको प्रारम्भिक अनुसन्धानबाट अपहरणमा परेको तेस्रो दिन अंशुको हत्या भएको खुल्यो ।
अंशु अपहरणमा परेपछि अपहरणकारीहरुले परिवारसँग एक लाख रुपैयाँ फिरौती मागेका थिए । अंशुको परिवारसँग एक लाख फिरौती दिनसक्ने आर्थिक हैशियत थिएन । बुबा वैदेशिक रोजगारीमा गएका भएपनि पाँच छोरी र एक छोराको लालनपालन गर्न मुस्किल थियो । अपहरणकारीले फिरौती रकम नपाएपछि बिहीबार अंशुलाई राखेको होटलमै उनको हत्या गरिदिए । उनीहरुले बुधबार राति २ बजेट अंशुको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
अपहरण र हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । एक जना फरार छन् । धनुषास्थित कमला नगरपालिका–६ का १९ वर्षे राकेश ठाकुर, मोरङ रतुवामाई नगरपालिका–५ का २६ वर्षे मनोज कार्की र धनुषा कमला नगरपालिका–६ कै १८ वर्षे बिसु भनेर चिनिने प्रशान्त मण्डललाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न शिवकुमार मण्डल अहिले फरार छन् । प्रहरीले मण्डलको खोजी गरिरहेको छ । हत्या आरोपमा पक्राउ परेका तीनै जना अंशुका साथीहरु हुन् ।
यसरी ल्याए विराटनगर
अपहरणकारीहरु सिरहास्थित गोलबजारमा रहेको अंशुको घर गएका थिए । उनीहरुले अंशुलाई घुम्न जाउँ भनेर गोलबजारबाट घुम्न जाउँ भनेर लहानतिर ल्याएका थिए । गोलबजारबाट राकेश, प्रशान्त र फरार रहेका शिवकुमारले म्याजिक भेनमा राखेर लहानसम्म ल्याएका थिए । लहानबाट २३ असोजमा बसमा उनीहरु विराटनगर बसपार्क आए । असोज २३, २४ र २५ गते उनीहरु धनकुटा लजमा बसे । धनकुटा लजको भाडा महंगो भयो भन्दै नजिकै रहेको अप्सरा गेष्ट हाउसमा उनीहरु सरे । उनीहरूले गेष्ट हाउसको कोठा नं. १ बुक गरेर बसेका थिए । धनकुटा लजबाट अप्सरा गेष्ट हाउसमा सरेको भोलिपल्ट असोज २६ गते राती २ बजे उनीहरुले लजको कोठाभित्रै अंशुको हत्या गरेको प्रहरीले जनाएको छ ।
अंशुको परिवार खेती किसानी गर्दै आएका छन् । ‘अपहरणकारीले माग गरेको फिरौती रकम परिवारबाट पाउन सम्भावना नदेखेपछि हत्या गरेको देखिएको छ,’ एसपी कोइरालाले भने, ‘अहिले अनुसन्धान भइरहेको छ ।’
कोठा नं. १ मा यसरी गरे हत्या
अंशुको परिवार खेती किसानी गर्ने भएकोले अपहरणकारीले मागेको १ लाख रुपैयाँ दिनसक्ने क्षमता उनीहरुसँग थिएन । परिवारका सदस्यलाई फोन गर्दा परिवारले मागेजति रकम दिन नसक्ने बरु जेनतेन १० हजार रुपैयाँजति जुटाउन सक्ने जवाफ दिएका थिए । त्यही कुराकानीपछि परिवारका सदस्यहरुले असोज २७ गते बैंकमार्फत् १० हजार रुपैयाँ पठाइदिए । तर, रकम दिन सक्दैनौं भन्ने जवाफसँगै २६ गते राति २ बजे नै उनीहरुले अंशुको हत्या गरिसकेका थिए ।
प्रहरीकाअनुसार शिवकुमारले बेड सिट (तन्ना)ले अंशुको घाँटी कसेका थिए भने राकेश, मनोज र प्रशान्तकुमारले खुट्टा र हात समातेका थिए । उनीहरूले अंशुमाथि इँटा र छुरा पनि प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ ।
हत्या गरेपछि पलङ्गभित्र लुकाए शव
आफ्नै साथीको हत्या गरेपछि उनीहरूलाई शव व्यवस्थापनमा समस्या भयो । त्यसै बीचमा शवलाई बक्स पलङ्गभित्र राख्ने जुक्ति शिवले निकाले । तन्नामा पोकोपारेर पलङ्गभित्र शव लुकाएर भाग्ने प्रयत्न गरेको अनुसन्धानका क्रममा खुलेको हो ।
बैंकमा पैसा झिक्न जाँदा पक्राउ
अंशुको अपहरणपछि प्रहरी उनको खोजीमा सक्रिय थियो । परिवारले फिरौती रकम बैंकमा पठाएको सूचना प्रहरीसँग थियो । अपहरणकारीलाई परिवारका सदस्यहरुले १० हजार रुपैयाँ पठाइदिएका थिए । अपहरणकारी समूहका प्रशान्त र मनोज कार्की सोही रकम झिक्न बैंकमा पुगेका थिए । प्रशान्तलाई विराटनगर महानगरपालिका–९ स्थित माछापुच्छ्रे बैंक पु¥याउने काम भने कार्कीले गरेका थिए । दुबैलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई नियन्त्रणमा लिएपछि होटलमा राकेश ठाकुर रहेको जानकारी प्रहरीले पायो । लगतै प्रहरीले विराटनगर–११ बसपार्कस्थित अप्सरा गेष्ट हाउसको कोठामा छापामार्यो । ठाकुर घटनास्थलमै पक्राउ परे । प्रहरीले कोठा खानतलासी गर्दा बक्स पलङ्गभित्र तन्नाले बेरेको अवस्थामा शुक्रबार सदाको शव फेला परेको थियो । सदाको टाउको र शरीरका विभिन्न भागमा इँटा प्रहार गरिएको देखिएको छ । यसबाहेक कपडाले उनको घाँटी कसेको पाइएको छ ।धनुषाका तीन युवा र सदा साथी–साथी हुन् । उनीहरूले सदालाई फकाएर अपहरण गरेको खुलेको छ । अपहरण गर्नेहरू लागूऔषध प्रयोगकर्ता हुन् । ‘घटनाबारे थप बुझ्ने काम भइरहेको छ,’ एसपी कोइरालाले भने, ‘यो घटना विशुद्ध आपराधिक लाभ लिने मनसायले