प्रहरी दिवसमा प्रहरीको ‘ब्याण्ड डिस्प्ले’

विराटनगर । ‘६७ औँ प्रहरी दिवस २०७९’ को अवसरमा विराटनगरमा प्रहरी ब्याण्ड डिस्प्ले कार्यक्रम आयोजना गरिएको छ । १ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा विराटनगरको महेन्द्र चोकमा शनिबार प्रहरी ब्याण्ड डिस्प्ले कार्यक्रम आयोजना गरिएको हो ।

प्रहरी निरीक्षकको नेतृत्वमा आएको एक दर्जन बढी प्रहरीले प्रहरीको ब्याण्ड बाजाबाट करिब एक घण्टा सांगीतिक धुन प्रस्तुत भएको थियो । उनीहरूले आधा दर्जन बढी ब्याण्ड बाजाबाट देशभक्तिपूर्ण गीतको धुन बजाएर मनोरञ्जन प्रदान गरे ।

प्रदेश प्रहरीले ६७ औं प्रहरी दिवसमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । यसअघि नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको सहयोग तथा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा वृहत रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

प्रदेशका डिआइजी सुदिप गिरीको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा ४१ जना प्रहरी अधिकृत तथा जवानहरुले रक्तदान गरेका थिए । सोमबार विहान प्रदेश प्रहरी कार्यालयमा विभिन्न कार्यक्रम गरी ६७ औं प्रहरी दिवस मनाउने तयारी गरिएको छ ।

आइतबार, ३० असोज, २०७९, बिहानको ०७:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर