१ लाख फिरौती नदिँदा १८ वर्षे युवाको विराटनगरमा हत्या

विराटनगर । विराटनगर बसपार्कको एक होटलमा १८ वर्षे युवाको हत्या भएको छ । हत्या हुनेमा सिरहा गोलबजार घर भएका १८ वर्षे अंशु सदा रहेका छन् ।

सदालाई अपहरण गरेर विराटनगरको न्यू अप्सरा गेष्ट हाउसको कोठा नम्बर १ मा हत्या गरेको प्रहरीले जनाएको छ । अपहरणकारीले सदालाई असोज २३ गतेदेखि अपहरण गरेरे उक्त गेष्ट हाउसमा राखेका थिए । १ लाख रुपैयाँ फिरौती नदिँदा उनको हत्या भएको मोरङको प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए ।

सामान्य किसान परिवारका सदा परिवार निम्न आर्थिक अवस्थाका हुन् । उनको हत्या २७ गते बेलुकै भएको कोइरालाको भनाइ छ । उनलाई इँटाले मुखमा हानेर कोठाभित्रै हत्या गरेपछि शवलाई बक्स पलङ भित्र हालेर भाग्ने कोशिसमा थिए ।

प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको विष्णु मण्डल, राजेश ठाकुर र विराटनगरका मनोज कार्की रहेका छन् । घटनाको थप अनुसन्धानका लागि प्रहरी घटनास्थलमै छ ।

शुक्रबार, २८ असोज, २०७९, दिउँसोको ०१:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर