विराटनगर । नेकपा माओवादी केन्द्रले पार्टीको निर्णय विपरीत बागी उम्मेदवारी दिने व्यक्ति, प्रस्तावक र समर्थक तीनै जनालाई कारबाही गर्ने भएको छ ।
सत्ता गठबन्धनले निर्णय गरेको आधिकारिक उम्मेदवारभन्दा बाहिरबाट पार्टीका नेताहरूले बागी उम्मेदवारी फिर्ता नलिएमा तिनै जनालाई कारबाही गरिने पार्टी कोषाध्यक्ष श्रीराम ढकालले बताए ।
पार्टीबाट बागी उम्मेदवारी दिएका अधिकांशको फिर्ता भई सकेको र फिर्ता नलिएको भए कारबाही हुने उनले बताए । प्रस्तावक र समर्थकलाई समेत कारबाही गर्ने उनले बताए ।
माओवादीले बागी उम्मेदवारी फिर्ता लिन यसअघि नै निर्देशन दिएको थियो ।