धनकुटामा तीन जनाको उम्मेदवारी फिर्ता

धनकुटा । धनकुटामा आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि उम्मेदवारी दर्ता गरेका तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा एकमात्र क्षेत्र रहेको जिल्लाबाट ९ जनाले उम्मेदवारी दर्ता गरेकोमा २ जनाले फिर्ता लिएका छन् ।

राप्रपा नेपालका अमुल राई र स्वतन्त्र उम्मेदवार गंगाराम गोङ्देनले उम्मेदवारी फिर्ता लिएका हुन् । यस्तै प्रदेशसभा क्षेत्र नं १ मा ५ जनाले उम्मेदवारी दर्ता गरेकोमा राप्रपा नेपालका योगेन्द्र आलेले फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत योगेन्द्रप्रसाद साहले जानकारी दिए ।

धनकुटाबाट प्रतिनिधिसभामा नेकपा एमालेका राजेन्द्रकुमार राई, गठबन्धनबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा, स्वतन्त्र हेमराज भण्डारी, राप्रपाका कुमारबहादुर थापा, एकीकृत शक्ति नेपालका रमेश राई, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका आरामकुमार राई र मंगोल नेसनल अर्गनाइजेसनका विश्वमित्र लावती उम्मेदवार कायम भएका छन् । भण्डारी माओवादी केन्द्र परित्याग गरि स्वतन्त्र उम्मेदवार बनेका हुन् ।

प्रदेशसभा १ मा एमालेबाट निरन राई, नेकपा एकीकृत समाजवादीका अर्जुन राई, जनता समाजवादी पार्टीका रकम चेम्जोङ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका मनकुमार राई उम्मेदवार बनेका छन् । यस्तै, प्रदेश नं.२ मा एमालेका इन्द्रमणि पराजुली, गठबन्धनबाट माओवादी केन्द्रका कुसुमकुमारी श्रेष्ठ, जसपाका डम्बरबहादुर कटुवाल, राप्रपा नेपालका सोमबहादुर घिसिङ, राप्रफाका श्यामबहादुर गुरुङ, स्वतन्त्र जितेन्द्र राई र बालानन्द दाहाल उम्मेदवार छन् ।

बुधबार, २६ असोज, २०७९, दिउँसोको ०४:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर