एस्पायर कलेजमा कोरियन सरकारको छात्रवृत्ति

विराटनगर । विराटनगरस्थित एस्पायर कलेजमा भर्ना भएका विद्यार्थीहरूले छात्रवृत्ति पाउने भएका छन् । बी टिच बीएड आइटी कार्यक्रममा भर्ना भएका बिद्यार्थीहरुले काठमाडौँ विश्व विद्यालयको संयोजनमा कोरियन प्रोजेक्टको तर्फबाट आंशिक छात्रवृत्ति पाउने भएका हुन् ।

यस कार्यक्रममा छात्रवृत्ति प्राप्त गर्ने बिद्यार्थीहरुले उक्त संस्थाले आयोजना गर्ने विभिन्न आइटी सम्बन्धी सेमिनार बुट क्याम्प तथा अभिमुखीकरणमा सहभागिता जनाउने छन् । यही असोज ३०, ३१ र कार्तिक १ गते धुलिखेलमा हुने छात्रवृत्तिसँगै प्रोजेक्टले आयोजना गर्ने तालिम र अभिमुखीकरणमा समेत सहभागी हुनेछन् । अभिमुखीकरणमा सहभागी हुन बिद्यार्थीहरु त्यस तर्फ जान लागेको कलेज प्रशासनले जानकारी दिएको छ ।

विभिन्न समयमा यस प्रकारका अवसरहरू आइरहने र यसका लागि विश्व विद्यालय र कलेजले निरन्तर काम गर्ने योजना रहेको क्याम्पसका अध्यक्ष विकास अधिकारीले बताए ।

काठमाडौँ विश्व विद्यालयको नवीनतम कोर्स ब्याचलर इन प्रोफेसनल हस्पिटालिटी, होटेल म्यानेजमेन्ट (बीपिएच) कार्यक्रमका लागि समेत यस प्रकारको अवसरको लागि प्रयास भई रहेको कलेजले जनाएको छ ।

साथै दुवै कार्यक्रममा भर्ना हुन बाकी बिद्यार्थीहरुले यथाशीघ्र भर्ना भएर अवसरको लाभ लिन कलेजले आग्रह गरेको छ ।

सोमबार, २४ असोज, २०७९, साँझको ०६:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर