विराटनगरबाट दुई जना कैदीबन्दी फरार

विराटनगर । विराटनगरबाट दुई जना कैदीबन्दी फरार भएका छन् । उपचारका लागि क्षयरोग निवारण संस्था विराटनगरमा भर्ना भएका कैदी राजकुमार हेमरम र बन्दी मञ्जील गुरुङ फरार भएका हुन् ।

दुवै जना जिल्ला कारागार झापामा थिए । उनीहरूलाई क्षयरोग देखिएपछि विराटनगर ल्याइएको थियो ।
क्षयरोग लागेपछि उनीहरु भदौ र असारबाट निवारण संस्थामा भर्ना भएका थिए । जिल्ला कारागार मोरङका निमित्त जेलर तुलसीराम भगतका अनुसार उपचारका क्रममा उनीहरु शनिबार विहानको राति फारार भएका हुन् ।
उनका अनुसार हेमरम जवरजस्तीकरणी मुद्दाका कैदी हुन् । झापा गाउँपालिका–५ का बासिन्दा उनलाई २०७५ सालमा १६ वर्ष कैद सजायको फैसला भएको थियो । झापा गाउँपालिका ३ का गुरुङ भने लागूऔषध मुद्दामा पूर्पक्षका लगि थुनामा थिए । जिल्ला अदालत झापाले उनलाई २०७८ कात्तिक ५ गते पूर्पक्षका लागि थुनामा पठाएको थियो ।
‘विभागको निर्देशनपछि दुई जनालाई क्षयरोग निवारण संस्थामा राखेर उपचार हुँदै थियो,’ उनले भने, ‘मैले पनि फरार भएको जानकारी आज विहान जानकारी पाए ।’

उपचारका क्रममा फरार भएका कैदीबन्दीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार शनिबार विहानको राति फरार भएकाहरुको खोजी तिब्र बनाईको छ ।
उनले सुरक्षामा खटिएका प्रहरीमाथि पनि छानविन भइरहेको बताए । ‘फरार भएकाहरुको खोजीकार्य जारी छ,’ उनले भने,‘ डिउटीमा लापरवाही देखिएकाले आन्तरिक छानविन पनि गरिरहेका छौं ।’

शनिबार, १५ असोज, २०७९, दिउँसोको ०१:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर