नवनियुक्त अर्थमन्त्री शर्माले गरे पदभार ग्रहण

नवनियुक्त अर्थमन्त्री शर्माले गरे पदभार ग्रहण

विराटनगर । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् । साँझ शपथ लिएलगत्तै अर्थ मन्त्रालयमा शर्माले पदभार ग्रहण गरेका हुन् ।
मन्त्रालयमा राजस्व सचिव कृष्णहरि पुष्करले मन्त्री शर्मालाई स्वागत गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्री नियुक्त गरेकी हुन् । बजेट निर्माणमा अनाधिकृत व्यक्तिको सहभागिताकोे आरोप लागेपछि शर्माले असार २२ गते मन्त्री पदबाट राजीनामा गरेका थिए ।

संसदीय छानबिन समितिले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता नरहेको भन्दै शर्मालाई सफाइ दिएको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्