विराटनगर । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले सुनसरीको चिमडीमा डस्टवीन वितरण गरेको छ । चिमडीस्थित स्वास्थ्यचौकीमा एक कार्यक्रम आयोजना गरेर विभिन्न संस्थाहरुलाई १७ थान डस्टवीन वितरण गरेको हो ।
स्थानीय तहका जनप्रतिनिधिहरु मार्फत नेरुडेले बर्जु गाउपालिका वडा नं. ६ को वडा कार्यालय, इलाका प्रहरी कार्यालय, स्वास्थ्य चौकी, श्री माध्यमिक विद्यालय आदिलाई डस्टवीन उपलब्ध गराएको हो ।
कार्यक्रममा वित्तीय संस्थाका योजना तथा उद्यम विकास व्यवस्थापन विभागका प्रमुख कृष्णबहादुर खड्काले कार्यक्रमको उद्देश्य स्पष्ट पार्दै लघुवित्त संस्था तथा समुदायबीचको अन्तरसम्बन्ध विकास गर्न कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बर्जु गाउँपालिका उपाध्यक्ष नितुकुमारी चौधरी, वडा नं. ६ का वडाध्यक्ष अशोककुमार चौधरी लगायतका जनप्रतिनिधि र अन्य सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
नेरुडे लघुवित्त वित्तीय संस्थाले हाल ३१ जिल्लामा १०९ वटा शाखा कार्यालय मार्फत् १ लाख ६० हजार सदस्यका परिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आइरहेको बताइएको छ । संस्थाले अघिल्लो आर्थिक वर्षमा आफ्ना सदस्य मध्येबाट समस्यामा रहेका परिवारलाई १ करोड ५ लाख २५ हजार आर्थिक सहयोग प्रदान गरेको जनाएको छ ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!