विराटनगरमा कोइरालाको मतान्तर ३७८५

विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि नागेश कोइरालाले मतान्तर बढाउँदै लगेका छन् । उनको मतअन्तर ३ हजार ७ सय ८५ पुगेको छ ।

भर्खरै सार्वजनिक विवरण अनुसार कांग्रेसका कोइरालालाई १५ हजार २ सय १३ मत ल्याउँदा एमालेका सागर थापाले ११ हजार ४ सय २८ मत ल्याएका छन् । यस्तै राप्रपाका उम्मेद्वाल प्रल्हाद प्रसाद साहको ३ हजार ५२ र स्वतन्त्र उम्मेद्वार उमेश यादवको ४ हजार ७ सय २८ मत रहेको छ ।

यस्तै उपप्रमुखमा भने एमालेकी शिल्पा कार्कीले ५ हजारभन्दा बढी मतले गठबन्धनका उम्मेद्वार अमरेन्द्र यादवलाई उछिनेकी छिन् । उनको मत हालसम्म १३ हजार ८० रहेको छ । गठबन्धनका उम्मेद्वार यादवको मत ७ हजार ८ सय ५६ रहेको छ । उपप्रमुखमै राप्रपाकी विन्दा लुइँटेलको मत ३ हजार ७ सय २२ रहेको छ भने स्वतन्त्र उम्मेद्वार नमिता न्यौपानेले २ हजार ७ सय ३९ मत ल्याएकी छिन् ।

जेष्ठ ४, २०७९, साँझको ०५:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर