सोलुखुम्बु । सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुण्डमा नेपाली कांग्रेसका नाम्गेलजाङ्बु शेर्पा मेयरमा निर्वाचित भएका छन् ।
सोलुखुम्बु कांग्रेसका सभापति रहेका शेर्पाले नेकपा एमालेका उम्मेदवार आङकाजी शेर्पालाई ६७८ मतान्तरले पराजित गर्दै दोश्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन् ।
शेर्पाले ४ हजार ९६८ मत प्राप्त गर्दा एमाले उम्मेदवार आङ्काजीले ४ हजार २९० मत प्राप्त गरे । माओवदी केन्द्रका उम्मेदवार निमातेण्डुप शेर्पाले १ हजार १८७ मत पाए ।
उपमेयरमा काँग्रेसकै गान्धिमाया तामाङ ४ हजार ३८५ मत पाएर विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार मोहनकुमारी कार्कीले ४ हजार २७३ मत पाएकी छिन् । माओवादी केन्द्रकी उम्मेदवार शारदामाया तामाङले १ हजार ८९ मत ल्याइन् ।