हस्ताक्षरविनाको मतपत्र भेटिएपछि धरानमा मतगणना रोकियो

हस्ताक्षरविनाको मतपत्र भेटिएपछि धरानमा मतगणना रोकियो

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकाको मतगणना रोकिएको छ ।

गणनाको क्रममा मतदान अधिकृतको हस्ताक्षर नभएको १८ वटा मतपत्र भेटिएपछि विवाद हुँदा गणना रोकिएको हो ।

हस्ताक्षर नभएका १८ वटा मतपत्रमध्ये १२ वटामा माओवादीको उम्मेदवारलाई छाप रहेको बताइएको छ । ती मत बदर गर्दा सो वडाको अध्यक्षमा नेपाली कांग्रेसका पदमबहादुर लिम्बू ४ मत अन्तरले विजयी भएका थिए । तर, हस्ताक्षरविनाको मतपत्रबारे विवाद भएपछि मतपरिणाम सार्वजनिक गरिएको छैन ।

माओवादी केन्द्रका विजय तामाङ निकटतम् प्रतिस्पर्धी रहेका छन् । विवादपछि दलका नेता तथा उम्मेदवारहरुलाई छलफलका लागि बोलाइएको निर्वाचन अधिकृत गणेश खतिवडाले बताए ।

माओवादीका कार्यकर्ता भने मतदाताले दिएको मत सदर हुनुपर्ने माग राख्दै नाराजुलस गरिरहेका छन् । धरानको मतगणनामा धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिइरहेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्