मोरङको जहदामा जसपाको किल्ला काँग्रेसले भत्कायो

विराटनगर । मोरङको जहदा गाउँपालिका अध्यक्षमा कांग्रेसका जितेन्द्रप्रसाद साह र उपाध्यक्षमा कांग्रेसकी हन्ना सोरेन निर्वाचित भएका छन् ।

अघिल्लो निर्वाचनमा जसपा (तत्कालिन मधेसी जनअधिकार फोरम)ले जितेको गाउँपालिकामा काँग्रेस विजयी भएको हो ।

गाउँपालिकाका निवर्तमान अध्यक्ष कैलासप्रसाद मण्डललाई २ हजार ४५३ मतले पछि पार्दै अध्यक्षमा साह निर्वाचित भए । साहले ६ हजार ५०१ मत प्राप्त गर्दा मण्डलले ४ हजार ४८ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा सोरेनले ५ हजार ५४५ मत प्राप्त गरिन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रकी गुलाबकुमारी महतोले ३ हजार ५१२ मत प्राप्त गरिन् । गाउँपालिकाका निवर्तमान उपाध्यक्ष जसपाकी शालो साहले ३ हजार १३५ मत प्राप्त गरिन् ।

जहदामा कांग्रेसले वडा नम्बरहरू १, ४, ५ र ७, माओवादी केन्द्रले वडा ६ र जसपाले वडा नम्बरहरू २ र ३ को अध्यक्ष जितेका छन् ।

जेष्ठ ४, २०७९, दिउँसोको ०४:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर