विराटनगरको आधाभन्दा धेरै मत गन्दा नागेश र शिल्पाको मतान्तर बढ्दै

विराटनगर । विराटनगर महानगरपालिकामा खसेको मतमध्ये आधाभन्दा धेरै गणना हुँदा मेयरमा काँग्रेस र उपमेयरमा एमाले उम्मेदवारको अग्रता थप फराकिलो बनेको छ ।

अहिलेसम्म ४६९६१ मत गणना हुँदा मेयरमा काँग्रेसका नागेश कोइरालाले् १४९४४ मत प्राप्त गरेका छन् । नेकपा एमालेका सागर थापाले कोइरालाको भन्दा ३६३२ मत कम अर्थात ११३१२ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार उमेश यादवले ४६८२ र राप्रपाका प्रल्हाद साहले ३०२७ मत प्राप्त गरेका छन् ।

महानगरको उपमेयरमा भने एमालेकी शिल्पा निराला कार्कीले ५ हजार १५९ मतको अग्रता कायम गरेकी छन् । कार्कीले १२९२७ मत प्राप्त गर्दा जसपाका उम्मेदवार अमरेन्द्र यादवको मत ७७६८ छ । यस्तै राप्रपाल ३६९९ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले २७०४ मत प्राप्त गरेका छन् ।

जेष्ठ ४, २०७९, दिउँसोको ०३:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर