सुनसरीको भोक्राहामा कांग्रेस विजयी

इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा अजमल अख्तर आजाद र उपाध्यक्षमा सुनिता उराँव विजयी भएका हुन् ।

अजमलले ४ हजार ६०६ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका महेन्द्रप्रसाद यादवले ३ हजार २७१ मत प्राप्त गरे । यादव निवर्तमान गाउँपालिका अध्यक्ष हुन् ।

तत्कालीन संघीय समाजवादी फोरमबाट अध्यक्षमा जितेका यादव बलात्कार आरोपमा केहि समय थुनामा परेका थिए । त्यसबेला पार्टीले सहयोग नगरेको भन्दै उनी एमालेमा प्रवेश गरेर उम्मेदवार बनेका थिए । गाउँपालिका अध्यक्षमा विजयी बन्ने अजमल अघिल्लो निर्वाचनमा यादवसँगै पराजित भएका थिए ।

गाउँपालिका उपाध्यक्षमा निर्वाचित उराँवले ३ हजार ९७४ मत ल्याइन् भने उनकी प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी उम्मेदवार पुनमकुमारी मेहेताले २ हजार ६१८ मत पाइन् । उपाध्यक्षमा पराजित भएकी मेहता पनि निवर्तमान उपाध्यक्ष हुन् ।

जेष्ठ ४, २०७९, दिउँसोको ०१:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर