विराटनगरमा नागेश र शिल्पाको अग्रता लगातार बढ्दै

विराटनगर । विराटनगर महानगरपालिकाको ४४ हजार ५६८ मत गणना सम्पन्न हुँदा मेयरमा नागेश कोइराला र उपमेयरमा शिल्पा निराला कार्कीको अग्रता फराकिलो बनेको छ ।

अहिलेसम्म मेयरमा काँग्रेसका उम्मेदवार कोइरालाले १४ हजार ६१ मत प्राप्त गरेका छन् । नेकपा एमालेका सागर थापाले १० हजार ६९२ मत ल्याएका छन । दुईबीचको मतान्तर ३३६९ पुगेको छ ।

मेयरमा स्वतन्त्र उमेश यादवले ४५०१ मत प्राप्त गरेका छन् । राप्रपाका प्रल्हाद साहले २८५४ मत ल्याएका छन् ।

उपमेयरमा एमालेकी कार्कीले ४७९२ मतको फराकिलो अन्तरले अग्रता लिएकी छन् । उनले १२२३२ मत प्राप्त गर्दा जसपाका अरमेन्द्र यादवले ७४४० मत ल्याएका छन । उपमेयरमै राप्रपाका विन्दाकुमारी लुर्इटेलले ३४७० मत र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले २५४९ मत पाएकी छन् ।

जेष्ठ ४, २०७९, बिहानको ११:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर